देशको समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ : मन्त्री बस्नेत

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १९ : ४६
देशको समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले नेपालको निकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् । तामाकोसी पाँचौ आयोजनाको लगानी सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले निजी र सरकारी साझेदारीमा अघि बढ्नु पर्ने बताएका हुन् । 

'मलाइ आसा छ, यो आयोजना निर्धारित समयमा सम्पन्न हुन्छ,' मन्त्री बस्नेतले भने, 'नेपालको विकास र समृद्धिको मुख्य विषय जलविद्युत हो ।' मन्त्री बस्नेतले जलविद्युतको विकासतर्फ झनै अघि बढ्नु पर्ने बताउँदै भने, 'लगानी र उपयोगका क्षेत्र विकास भएको छ । यस्तै बिजुली खपत समेत बिस्तार भइरहेको छ ।' 

मन्त्री बस्नेतले सबै नेपालीको पहुँचमा ऊर्जा पुर्‍याउने अभियान सुरु भइसकेको बताए । ऊर्जा सबैका लागि, समृद्धि र स्वच्छ वातावरणका लागि भएको समेत उनको भनाई छ । बिजुलीको गुणस्तर बढाउनका लागि वितरण प्रणालीको सुधार गर्नुपर्ने र यससँगै खपत समेत बढ्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस