राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १४ : ४८
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ ।  राष्ट्रियसभामा सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा  सञ्चारमन्त्री शर्माले ‘राष्ट्रपतिबाट यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल अघि बढेको हो ।
     
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएसँगै विभिन्न राजनीतिक दलका सांसदले आफ्नो धारणा राखिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस