काठमाडौँ । देशभर थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ जना सङ्क्रमणमुक्त भएका हुन् ।
योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा ८ जना, आईसीयूमा १ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
कोरोना भाइरस संक्रमित आज एकको मृत्यु
कोरोना निरन्तर उकालो, थप ३४ जनामा सङ्क्रमण पुष्टि
थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि