नक्कली शरणार्थी प्रकरण : प्रहरीले भोलि मात्रै अनुसन्धान प्रतिवेदन बुझाउने

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, ११ : ४७
नक्कली शरणार्थी प्रकरण : प्रहरीले भोलि मात्रै अनुसन्धान प्रतिवेदन बुझाउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधसहित चार कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा शुक्रवार नै प्रतिवेदन बुझाउने भनिए पनि पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान नसकिएपछि प्रहरीले आइतवार मात्रै प्रतिवेदन पेस गर्न लागेको छ ।

बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको बयान सकिन बाँकी छ । यसअघि पक्राउ परेका अन्यको बयान सकिसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्री र बहालवाला एक सचिवसहित १६ आरोपितहरु विरुद्ध राष्ट्रहित प्रतिकूल गरेको, ठगी, कीर्ते र संगठित अपराधको अभियोगमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ ।

प्रहरीले संगठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेकोमा यो धन्दा राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस