राष्ट्रियसभा बैठकमा अध्यादेश स्वीकृत, विधेयक फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १५ : १६
राष्ट्रियसभा बैठकमा अध्यादेश स्वीकृत, विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेकाे सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो । 

विधेयक फिर्ता

सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसद्बाट फिर्ता लिएको छ ।  बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावसभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो । 

प्रतिक्रिया दिनुहोस