ग्लोबल रिच चितवनको आयोजनामा ‘अष्ट्रेलियन युनिर्भ्सिटि एजुकेशन फेयर’हुने

विहीबार, १० साउन २०७५, १८ : ३१
ग्लोबल रिच चितवनको आयोजनामा ‘अष्ट्रेलियन युनिर्भ्सिटि एजुकेशन फेयर’हुने

चितवन । ग्लोबल रिच नेपाल चितवन शाखाले अष्ट्रेलियन युनिर्भ्सिटि एजुकेशन फेयर गर्ने भएको छ । चितवनमा पहिलो पटक १७ वटा अष्ट्रेलियन युनिर्भसिटिको सहभागीतामा एजुकेशन फेयर हुन लागेको आयोजकको दाबी छ ।

ग्लोबल रिच नेपाल चितवन शाखाले यहि १८ गते शुक्रबार होटल गार्डेन रिर्सोटमा फेयरमा गर्दैछ । फेयरमा १७ वटा अष्ट्रेलियन विश्वविद्यालय तथा २ वटा कलेजहरु सहभागीता रहने ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो । फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ ।

ग्लोबल रिचले नेपालका मूख्य शहर काठमाडौँ ,पोखरा ,बुटवल र चितवनबाट सेवा दिदै आईरहेको छ । फेयरमा अष्ट्रेलियन क्याथोलिक्क युनिर्भ्सिटि,मेलबन ईन्च्यिूट अफ टेक्नोलोजी,वेष्टन सिड्नी युनिर्भ्सिटि, , भिक्टोरिया युनिर्भ्सिटि, ईडिक क्राउन युनिर्भ्सिटि, लाट्रोब युनिर्भ्सिटिको सहभागिता रहने छ ।

त्यस्तै डेकिन युनिर्भ्सिटि ,म्याक्वारी युनिर्भ्सिटि, चाल्र्स स्टट युनिर्भ्सिटि,साउथन क्रस युनिर्भ्सिटि, कटिगं युनिर्भ्सिटि, आईसीएमएच कलेज ,युटिएस इन्सर्च लगाएतका युनिर्भसिटि तथा कलेजको प्रतिनिधीत्व रहने चितवन शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । 

शैक्षिक कर्जा एवं बैंककिङ प्रोसेसको लागि एसविआई बैंक, नबिल बैंक, सिदार्थ बैंक, लक्ष्मी बंैक,सानिमा बैकले परामर्श दिने उहाँले जानकारी दिनुभयो । फेयरमा चितवन ,नवलपरासी ,मकवानपुर जिल्लाबाट १५ सय भन्दा विद्यार्थीहरु सहभागी हुने आयोजकले अनुमान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस