सुर्खेत । कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।
अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यतिबेला प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी तीव्र रूपमा पारिरहेको छ भने अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणको विषयलाई लिएर बृहत् छलफल चलाइरहेका छन् ।
यसअघि १७ वैशाखमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो । नयाँ सरकार गठनयता पहिलो अधिवेशनमा १५ वटा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’