सुर्खेत । कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।
अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यतिबेला प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी तीव्र रूपमा पारिरहेको छ भने अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणको विषयलाई लिएर बृहत् छलफल चलाइरहेका छन् ।
यसअघि १७ वैशाखमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो । नयाँ सरकार गठनयता पहिलो अधिवेशनमा १५ वटा बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय