काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष मल अभाव नहुने बताएका छन् । बिहीबार संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले रासायनिक मलको अभाव यो वर्ष नहुनेगरी आयातको प्रक्रिया सुरु गरिएको जानकारी दिए।
संसद अनिता देवीले हरेक वर्ष मलको अभाव हुने गरेको भन्दै यसबारे सरकारको योजना माग गरेकी थिइन्। सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘म आफैंले समयमा मल ल्याउने प्रक्रिया थाल्न निर्देशन दिएको थिएँ। सोही निर्देशन अनुसार समयमै मल आउने गरी आयतको प्रक्रिया सुरु भएको छ। र किसानलाई यो वर्ष मलको अभाव हुँदैन।’
त्यस्तै, प्रधानमन्त्रीले नेपालको कृषि भने मौसमी प्रणालीमा निर्भर रहेको बताए। उनले उत्पादन र उत्पादकत्व मौसममा पनि भर पर्नुपर्ने अवस्था रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १४ : २१
लेखकबाट थप