काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टेनमेन्टको कुरा कपोकल्पित भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा कपोकल्पित भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका हुन्।
क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित भएको र छानबिन गरेर दोषी ठहरिए म जेल जान तयारभएको प्रतिबद्धता गर्दै उनले भने, ‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो। क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ। त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो। यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ। पटक-पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ। त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु। राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ।’
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्हरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड