काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधि सभामा कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले ‘सरकारी विद्यालय सुधार गर्ने सरकारको के नीति छ ?’ भनि गरेको प्रश्नको उत्तर दिँदै उनले गुणस्तरीय शिक्षा प्रदान गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
‘सबै सरकारी विद्यायलमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ । विद्यालयको संरचनागत र भौतिक सुधारहरुमा जोड दिइएको छ । शिक्षकको क्षमता विकास कार्यक्रमहरु सञ्चालनमा रहेका छन्,’– प्रधानमन्त्री प्रचण्डले भने ।
स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मूलाङ्कन गरिँदै आएकोसमेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड