कोशी प्रदेशका खेलकुदका सदस्य सचिव वाग्ले बर्खास्त

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १० : ०२
कोशी प्रदेशका खेलकुदका सदस्य सचिव वाग्ले बर्खास्त

बिराटनगर । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन् ।

कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खासतीमा परेका हुन्। बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो । 

कोशी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको ? भन्दै वाग्लेलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जवाफवाट सरकारले चित्रबुझाउन सक्ने अवस्था नभएपछि उनलाइ बर्खास्त गर्नु परेकाे हाे । 

प्रतिक्रिया दिनुहोस