'खेलकुद सबै क्षेत्रका लागि आबश्यक छ'

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०८२, १२ : ००
'खेलकुद सबै क्षेत्रका लागि आबश्यक छ'

चितवन । खेलकुद सबै क्षेत्रका लागि आबश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । एसोसियसन अफ कन्सल्टीङ्ग इन्जिनीयर्स चितवनको आयोजनामा आज  आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले खेल क्षेत्रले यो वा त्यो बिधा भनेर नछुट्याउने गरेको बताएका छन ।

प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खेल क्षेत्रले सबै बिधाका व्याक्तिहरुलाई एकिकृत गरेर लैजान मद्धत पु¥याएको बताए। खेल क्षेत्रको बिकासले मात्र राष्ट्रको गरिमा वढ्ने भन्दै उनले खेलले मानब स्वास्थ्यलाई समेत स्वस्थ राख्न टेवा पुग्ने बताए। उनले खेल क्षेत्रको बिकासका लागि महानगरपालिकाले ठूलो लगानी गरेको बताए। खेलको बिकासका लागि अन्तर्राष्ट्रिय रंगशाला निर्माण देखि बिद्यालय स्तरीय प्रतियोगिताहरु समेत गरिदैं आईएको उनले बताए।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले खेल क्षेत्रको बिकासका लागि सहज बातावरण बनाउन स्थानीय सरकार लागि परेको बताए । खेलले सबैको हित गर्ने उनको भनाई थियो । कन्सल्टीङ् इन्जिनीयर तथा बिभिन्न कार्यालयका इन्जीनियर तथा सव इन्जिनीयरहरुको शारिरिक कसरतका लागि आयोजना गरिएको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा चितवन र नवलपरासीको गैंडाकोटका गरि १८ वटा टिमको सहभागिता रहेको छ ।

एसोसियसन अफ कन्सल्टीङ्ग इन्जिनीयर्स चितवनका अध्यक्ष ई.बिष्णु अधिकारीले राष्ट्र निर्माणमा समर्पीत इन्जिनीयरहरुको मैत्रीपूर्ण प्रतियोगिताले भाइचार बढाउन सहयोग पुग्ने बताए । प्रतियोगिताले साथिहरुमा एकता वढाउने उनले बताए । कार्यक्रमका संयोजक इ. खेम बिक्रम थापा काउछा, एसोशीयसनका सचिब ई.आकाश शर्मा लगाएतले बोलेका थिए । प्रतियोगितामा प्रथम हुने समुहले ४५ किलोको खसी उपहार पाउने सो अबसरमा जानकारी दिईयो ।

प्रतिक्रिया दिनुहोस