काठमाडौँ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै आए पनि भारतले अहिलेसम्म भ्रमणको निम्ता दिएको छैन । तर, भारतले प्रचण्डको भारत भ्रमणलाई खासै महत्व दिएको छैन ।प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अनिश्चित भइरहेको बेला उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वैशाख २७ गते आफ्नै कार्यकक्षमा भेट गरे । उत्तर प्रदेशका मुख्यमन्त्री र पूर्वराजाबीचको भेटबारे संसद्मा पनि चर्चा भयो ।एमालेका प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोमबार संसद् बैठकमा भने, ‘नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइ राखिएको छ, अनि पूर्वराजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ ।’ उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सर्नुलाई आशंकाको रूपमा लिएका छन् । भारतले पूर्वराजालाई स्वागत गर्नुलाई उनले ‘प्रेसर कूटनीति’को संज्ञा दिएका छन् ।
भ्रमणका लागि दुवै देशका अधिकारीले तयारी थालेको भनिए पनि अझै त्यसले मूर्त रूप लिन नसकेको हो ।पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेपछि नेपालमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बारेमा चासो व्यक्त गर्न थालेका छन् । प्रचण्ड गत पुसमा प्रधानमन्त्री नियुक्त भएदेखि नै भारत भ्रमणको तयारी सुरु भएको थियो ।
‘मेरो एजेन्डा पूरा गर्छौ ? तिमीले बोकेर आउने एजेन्डा र कार्यसूचीमा मेरो एजेन्डा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा स्वागत गर्छु’ भनेर दबाब दिन नेपालीले हटाइसकेको राजालाई भारतले स्थान दिएको सांसद पन्तको धारणा थियो । सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा यसअघि पनि संसद्मा प्रश्न गरेका थिए । वैशाख १२ गते संसद्मा उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एजेन्डाबारे जानकारी गराउन माग गरेका थिए ।तर, सरकारी निकाय भने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण निश्चित रहेको र त्यसको तयारी चलिरहेको दाबी गर्छ । नेपाल–भारतका अधिकारी भ्रमणको तयारीमा जुटेको जनाउँदै स्रोतले भन्यो, ‘सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८०\०८१ को बजेट सार्वजनिक भइसकेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण हुने निश्चित भइसकेको छ ।’
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य पनि प्रधानमन्त्रीको भारत भ्रमण लगभग निश्चित रहेको दाबी गर्दछन् । ‘बजेट सार्वजनिक भएपछि उहाँ भारत भ्रमणमा जानु हुन्छ तर अहिले मिति तय भएको छैन,’ आचार्यले भने, ‘दुई देशका प्रधानमन्त्रीको सहमतिमा मिति तय हुन्छ ।’माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको कुरा चले पनि भ्रमणका लागि दुवै देशको समय सन्दर्भ मिल्नुपर्ने उनले भने, ‘त्यही नमिलेका कारण केही ढिलाइ भएको हो, अब चाँडै नै भ्रमण हुन्छ ।’
सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । जेठ १५ गते आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल र भारतका अधिकारीहरूको तहबाट सहमतिमा भ्रमणको मिति तय भइसकेको छ । तय भएको मितिबारे प्रधानमन्त्री कार्यालयमा जानकारी गराइसकेको तर तयारी नपुगेका कारण मिति सार्वजनिक नगरेको स्रोत बताउँछ ।भारतले पनि भ्रमणको मिति सार्वजनिक गर्न चाहेको छैन । नेपालको राजनीतिक अवस्थाका कारण मिति घोषणा गर्न केही ढिलो भएको स्रोतको भनाइ छ । बजेट सार्वजनिक भइसकेपछि प्रचण्डको भ्रमण मिति सार्वजनिक गर्ने र केही दिनमै भ्रमण गराउने भारतको तयारी रहेको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड