भुटानी शरणार्थी प्रकरण

बयान चलिरहँदा शौचालयमा लडे आङटावा शेर्पा, टाउकोमा लगाइयो नौ टाँका

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १५ : ५८
बयान चलिरहँदा शौचालयमा लडे आङटावा शेर्पा, टाउकोमा लगाइयो नौ टाँका

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आफैँ प्रहरीसमक्ष सोमबार आत्मसमर्पण गर्न पुगेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर गम्भीर घाइते बन्न पुगेका छन् ।

शौचालयमा लडेर टाउकोमा गम्भीर चोट लागेपछि मंगलबार प्रहरीले उनलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको हो । प्रहरीका अनुसार शेर्पाको टाउकोमा गम्भीर चोट लागेकाले नौ टाँका लगाइएको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । प्रहरीसामू बयान दिइरहेका उनी शौच गर्न गएका थिए । तर, एक्कासी लडेर घाइते बन्न पुगेका थिए । ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेको सचिव पददबाट निलम्बित एवं सांसदसमेत रहेका टोपबहादुर रायमाझी, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस