सत्ता साझेदार दलको संयुक्त बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १५ : ४७
सत्ता साझेदार दलको संयुक्त बैठक सुरु

काठमाडौं।सत्ता साझेदार दलहरुको संयुक्त बैठक सिंहदरवारमा सुरु भएको छ ।सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो । 

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत सत्ता साझेदार दलहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस