बाँके । बाँकेका आठवटा सहकारी एकीकरण भएका छन् । कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठवटा सानाकिसान सहकारी संस्था अष्टम सानाकिसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन् ।
एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी–८स्थित सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ–६ स्थित लगनशील सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ–८स्थित महिला सानाकिसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी–४स्थित सूर्यलक्ष्मी सानाकिसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी–५स्थित सौगात सानाकिसान कृषि सहकारी संस्था लि, खजुरा–२ स्थित नवज्योति सानाकिसान कृषि सहकारी संस्था लि, खजुरा–८ स्थित हातेमालो सानाकिसान कृषि सहकारी संस्था लि र जानकी–६स्थित आपसी मेलमिलाप सानाकिसान कृषि सहकारी संस्था लि रहेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् दुर्गा चौधरीले नामका लागिमात्र किसान बनेर खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए । किसान हुँ भन्ने तर आफ्ना लागि खाने तेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय