अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणमा आएका छन् । मन्त्री वाट्स मंगलबार काठमाडौं आइपुगेका हुन् । भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने छ ।
भ्रमणका क्रममा अष्ट्रेलियन सहायकमन्त्री वाट्सले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र अष्ट्रेलियाबीच ६३ वर्षभन्दा पुरानो दौत्य सम्बन्ध रहेको छ । पछिल्ला दिनमा त्यहाँ नेपालीहरू निकै रहेका छन् । अहिले करिब १ लाख ३० हजार नेपालीहरू अस्ट्रेलियामा बसोबास गरिरहेका बताइन्छ ।
त्यसैगरी, सहायकमन्त्री वाट्सले काठमाडौं विश्वविद्यालयका अधिकारीहरूसँग छलफल गर्नेछन् । उनले अस्ट्रेलियाली संस्थाहरूसँग भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र विद्यार्थी आदानप्रदान कार्यक्रमलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १२ : ३६
लेखकबाट थप