काठमाडौं।अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनी लाइसेन्स दिने सरकारको कदम गलत भएको बताएका छन् । सोमवार बीमा कम्पनीको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै बीमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम ठीक नभएको बताएका हुन् । अर्थमन्त्री महतले धेरै बीमा कम्पनीलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्स करेक्शन जरुरी रहेको बताए ।
‘नेपाल जस्तो देशमा निजी क्षेत्रमा कति वटा बीमा कम्पनी छ ? अहिले नै १५/१६ वटा कति छ । पहिला त २५ सम्म पनि पुगेको थियो,' उनले भने, 'शुरूमा धेरै बीमा कम्पनी अनुमति दिनु नै ठीक थिएन । त्यसको कोर्स करेक्सन हुन जरुरी छ ।प्राधिकरणको अगुवाइमा बीमा कम्पनी मर्जरमा जानु आवश्यक भएको उनले बताए । बीमा क्षेत्र प्रतिस्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत
‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत
वेस्ट पार्टी काँग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन: डा. प्रकाशशरण महत