काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर छलफल गर्ने भएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन नेताहरूलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।‘प्रधानमन्त्रीज्यूले १० दलका नेताहरूलाई सिंहदरबारमा बोलाउनु भएको छ । आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने भनिएको छ’ आचार्यले भने,‘सबै सुझाव समेटेर नीति तथा कार्यक्रममा समेट्ने तयारी गरिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्ष सहित सबैसँगै सुझाव मागेर ल्याउन लागेका छन् । आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड