कृषिमन्त्री भुसाल र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटघाट

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १६ : ४४
कृषिमन्त्री भुसाल र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटघाट

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बीच शिष्टाचार भेटघाट भएको छ । सोमबार मन्त्री भुसालसँग चिनियाँ राजदूत सोङले मन्त्रालयमै शिष्टचार भेटघाट गरेका हुन् । भेटघाटका क्रममा मन्त्री भुसालले राजदूत सोङसँग चीनले हालका वर्षहरुमा गरेको अभूतपूर्व विकासबाट आफू प्रभावित भएको भन्दै त्यहाँको विकसित प्रविधि, ज्ञान र सीपबाट आगामी दिनमा नेपालको कृषि क्षेत्रमा समेत थप सहयोग हुने आशा राखेको बताए । 

उनले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुहरुमध्ये चिया र राँगाको सुकुटी चीन निकासी गर्ने वस्तुको सूची (जिएसीसी) मा राख्नका लागि अनुरोध गरेको र यसमा राजदूत सोङको पहलकदमी महत्वपूर्ण रहेको धारणा राखे । सन् २०१९ मा हस्ताक्षर भएको सुन्तला जात फलफूल निर्यात सम्बन्धि प्रोटोकल र २०२२ मा हस्ताक्षर भएको हाइलेस घाँस निर्यातसम्बन्धी प्रोटकलको पनि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री भुसालले राजदूत सोङको ध्यानाकर्षण गराएका थिए । 

उक्त भेटमा चिनियाँ राजदूत सोङ्ले कृषि र पशुपालनको क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन सरकार तयार रहेको जवाफ दिएका थिए । सोङले नेपालबाट चीनमा सुन्तला आयत गर्न तयार रहेको बताउँदै कृषि र पशुपालनको कुन क्षेत्रमा नेपाललाई सहयोग चाहिएको हो स्पष्ट खाका पेश गर्न पनि आग्रह गरेका थिए । नेपालबाट उच्च गुणस्तरको पशु आहार लैजान चीन सरकार तयार रहेको र  नेपाललाई उच्च नश्लका गाई, भैसी, कुखुरा दिन चीन तयार रहेको राजदूत सोङले प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस