लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन सकेन : चित्रबहादुर केसी

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १६ : १७
लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन सकेन : चित्रबहादुर  केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

उनले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएपनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पारे । उनले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताए ।

उनले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्ल्ेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरु विदेश पलायन भइरहेको बताए । उनले लोकतन्त्र, गणतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उल्लेख गरे ।

अध्यक्ष कसीले देशमा शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा भएको र शक्तिकेन्द्रहरु रमाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस