वैशाख महिनामा १ लाख २६ हजार भन्दा बढीले गरे केबुलकारमार्फत मनकामनाको दर्शन

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १३ : ३९
वैशाख महिनामा १ लाख २६ हजार भन्दा बढीले गरे केबुलकारमार्फत मनकामनाको दर्शन

चितवन । वैशाख महिनामा केबुलकारमार्फत १ लाख २६ हजार भन्दा बढी भक्तजनले मनकामनाको दर्शन गरेका छन् । मनकामना दर्शन प्रालिकाअनुसार १ लाख २६ हजार ३३८ यात्रुहरूले  केबलकारमार्फत मनकामनाको दर्शन गर्न यात्रा गरेका हुन् । 

२०८० वैशाख महिनामा कोभिड–१९ पश्चात सबै भन्दा बढी यात्रुहरूले मनकामना यात्रा गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।  जसअनुसार केबलकारमार्फत दैनिक औसत यात्रु ४००० भन्दा बढी रहेका छन् ।  मनकामना दर्शन प्रालिकाअनुसार यो आर्थिक वर्षको वैशाख महिनासम्म करिब ८ लाख ७० हजार यात्रु हरूलाई सेवा प्रदान गरिएको छ । यस्तै असार मसान्तसम्म साढे १० लाख यात्रुलाई सेवा दिने कम्पनीको लक्ष्य रहेको छ। 

कम्पनीका अनुसार बैशाखसम्म कुल यात्रु मध्ये नेपाली ७१.१७ प्रतिशत रहेका छन् । यस्तै  भारतीय २४.१० प्रतिशत रहेका छन् । यसआधारमा मनकामना पुग्ने भारतीय  पर्यटकको संख्या पनि उल्लेख्य वृद्धि भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस