भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १८ : २१
भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन् ।

प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । उनले भने, ‘विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालयमातहतका कर्मचारीहरू हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्ध मात्रै आएको खण्डमा पनि कारबाही हुन्छ ।’भ्रष्टचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले भ्रष्टाचारको गन्ध मात्रै आउनेगरी काम देखिए कारबाही गर्ने बताएका हुन् ।

मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीहरूबाट त्यसको कार्यान्वयन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस