काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले विभाजनको औचित्य पुष्टि गर्न लाग्नुपर्ने बताएका छन् ।नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीविरुद्ध लडेकाहरूले पार्टी विभाजनको औचित्य पुष्टि भइसकेको उल्लेख गरे।गएको निर्वाचनमा बाँकी औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । संसद् र संविधान आफूहरूले जोगाएको बताए ।
नेता भुसालले भने, ‘ओलीले कम्युनिस्ट पार्टीदेखि संसद्सम्म विघटन गरे । ओलीको समर्थक को हुन किन यसो गरे भन्ने कुरा इतिहास भरी खोजी भइरहन्छ । त्यसैले औचित्यमाथि प्रश्न उठाउने होइन । अर्को कोणबाट छलफल गरौँ । मैलै अन्त पनि भन्न गरेको छु औचित्य छैन भने यो समाजवादी पार्टी विघटन गरौँ । मार्क्स र क्रान्तिकारीहरूले औचित्य नभएको कुरा बोकेर हिँड्नु हुन्छ ? औचित्य छैन भने यो समाजवादी पार्टीमा लाग्नु हुँदैन । सल्लाहले नै छाड्दै हुन्छ ।’उनले अहिले सत्यलाई असत्यले हराइराखेकाले क्रान्तिकारीहरू घरमा बस्न नहुने बताए । इतिहासको सबैभन्दा ठूलो सम्भावना गुमाएर ओली र ओली गुटले गरेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष मुछिनुभएको छैन : घनश्याम भुसाल
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
राजावादीहरू मुलुकमा आतंक फैलाएर समाजलाई नियन्त्रणमा लिने षड्यन्त्रमा छन्: महासचिव भुसाल
गणतन्त्रवादी गणतान्त्रिक नभएपछि आन्दोलन हुनु स्वाभाविक : महासचिव भुसाल
अब महाधिवेशन अघिका सबै नकारात्मक कुरा अन्त्य गरौँ : महासचिव भुसाल
माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल