जनताले महसुस गर्ने गरी काम गर्छौं : मुख्यमन्त्री पाण्डे

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १५ : ४४
जनताले महसुस गर्ने गरी काम गर्छौं :  मुख्यमन्त्री  पाण्डे

काठमाडौं।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए ।

“आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौं”, उनले भने ।साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।