भारतका बौद्ध धर्मगुरु रिन्पोछे नेपाल भ्रमणमा

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १३ : ५९
भारतका बौद्ध धर्मगुरु रिन्पोछे नेपाल भ्रमणमा

काठमाडौँ । भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आएका छन् । उनी तीन दिने नेपाल भ्रमणमा आएका हुन् । उनी बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन् । उनी नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आएका हुन् ।

उनी भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताए । उनका अनुसार रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताए ।

 

उनले भने, ‘भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको हो । उहाँ हाम्रा परमपुजनीय धर्मगुरु ताइसितुपा रिन्पोछे, १२ औं अवतारी आउनुभएको हो । उहाँ यहाँका धर्मगुरु ठंगु रिन्पोछेलाई भेट्न आउनुभएको हो । यहाँका गुरु बिरामी हुनुहुन्छ । बौद्धमा आउँदा हामी खुशी छौँ । उहाँले २०७२ को भूकम्पमा पनि बौद्ध स्तुपा पुनः निर्माणका लागि धेरै ठूलो सहयोग गर्नुभएको थियो ।’ बौद्धगुरु रिन्पोछे २८ वर्षपछि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस