टर्की-युक्रेन अन्न सम्झौता विस्तार हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १६ : ४४
टर्की-युक्रेन अन्न सम्झौता विस्तार हुँदै

इस्तानबुल । टर्कीले युद्धग्रस्त युक्रेनबाट अनाज निर्यात गर्न अनुमति दिने सम्झौता विस्तार गर्ने वार्ता सम्झौताको नजिक पुगेको  बताएको छ।टर्कीका रक्षामन्त्री हुलुसी अकारले विज्ञप्ति जारी गर्दै भनेका  छन् - "हामी अनाज सम्झौताको विस्तारमा सम्झौतातर्फ अघि बढिरहेका छौं।" युक्रेनमा जारी द्वन्द्वले युरोपमा खाद्यान्न सङ्कट निम्त्याको छ भने त्यसको परोक्ष असर विश्वभरि नै देखिएको छ । 

प्रतिक्रिया दिनुहोस