श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, १४ : ५२
श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन

काठमाडौं । अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी प्रखर जी महाराजको सान्निध्यमा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दी वर्ष महात्सव श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइएको छ । यस कार्यक्रममा १००० सदस्यहरुको उपस्थिति थियो।गीताप्रेस शताव्दी वर्ष महात्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत २०८० बैशाख २० गते पूजा एवं प्रसाद वितरण गरियो ।

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत नै अयुतचण्डी महायज्ञमा पाल्नु भएका पण्डित एवं भक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानव मात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक दाताको सहयोगमा निःशुल्क वितरण गरियो । यसै अवसरमा २०८० साल बैशाख २६ गते माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरियो । नेपालमा गीताप्रेस शताव्दी वर्ष महात्सव कार्यक्रमको समापन मिति २०८० साल बैशाख २७ गते श्रीमद्भागवतमहापुराणको नेपाली अनुवाद विमोचन गरि मनाइयो । 

प्रतिक्रिया दिनुहोस