शिक्षकहरुलाई राजनीति गर्न छोडेर पढाउने काममा ध्यान दिन शिक्षा मन्त्री पोखरेलको आग्रह

मंगलबार, ०८ साउन २०७५, २० : ०४
शिक्षकहरुलाई राजनीति गर्न छोडेर पढाउने काममा ध्यान दिन शिक्षा मन्त्री पोखरेलको आग्रह

सप्तरी । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षकहरुलाई राजनीति छोडेर पढाउने काममा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा बौल्दै मन्त्री पोखरेलले शिक्षकहरु आफूलाई राजनैतिक पार्टीको नेता ठानेर राजनीति गर्नतर्फ बढी ध्यान दिएपछि अहिले शिक्षाको गुणस्तर खस्किदै गरेको बताउनुभएको हो । उहाले शिक्षकहरुले राजनीति छोडेर बालबालिकाको भविष्य बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री पोखरेलले शिक्षकहरुलाई पार्टी एवं टे«ड युनियनको छाप हटाई शिक्षा सुधार नीतिमा लाग्न आग्रह गर्नुभयो । मन्त्री पोखरेलले सिकाई स्तरलाई माथि उठाउनका लागि स्थानिय तहका विद्यालयहरुमा आ–आफ्नो मातृ भाषामै पढाई हुनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस