रहेनन् ‘ज्यूँदो शहीद’ मुकेश कायस्थ

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, ०७ : ५१
रहेनन् ‘ज्यूँदो शहीद’ मुकेश कायस्थ

काठमाडौ । ‘ज्यूँदो शहीद’ भनिने काभ्रेका मुकेश कायस्थको निधन भएको छ ।

उनको उपचारको क्रममा बनेपास्थित शिर मेमो रियल अस्पतालमा बुधवार साँझ निधन भएको परिवारले जनाएको छ ।
 
जनआन्दोलन २०६२–०६३ मा घाइते भएका उनी त्यसबेलादेखि नै ओछ्यानमा पर्दै आएका थिए । २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर घाइते भएयता उनको शरीर नचल्ने भएको थियो । 

सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपियाँको व्यवस्था गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस