समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, १५ : ४६
समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मुल प्राथमिकता भएको बताएका छन। 

राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले  सफलता हासिल गर्नुभएको भन्दै आभार व्यक्त गर्न मन्त्रालय आउनुभएका कांग्रेस नेताहरूसँगको संक्षिप्त कुराकानीमा उनको उक्त कुरा बताएका हुन । 

गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्धको यस कदमको उच्च प्रशंसा गरेका छन। सम्पुर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गरेका छन ।

गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा.गोबिन्द पोखरेल सहितका २० भन्दा बढी कांग्रेस नेताहरू उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन र आभार व्यक्त गर्न मन्त्रालय आएका थिए । यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइ समेत छ।
 

प्रतिक्रिया दिनुहोस