एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर भएका छन् । अदालतले उनले ५ मिलियन डलर क्षतिपुर्ति दिनु पर्ने फैसला सुनाएको छ ।
सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप ट्रम्पमाथि छ ।
बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो । तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झूट’ भनेकोमा ट्रम्पलाई मानहानिको लागि जिम्मेवार पनि मानिएको छ ।
यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २७ बैशाख २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'