नक्कली शरणार्थी प्रकरणमा शंखमुलबाट थप २ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १९ : ०१
नक्कली शरणार्थी प्रकरणमा शंखमुलबाट थप २ जना पक्राउ

काठमाडौं । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उपत्यका अपराध अनुसन्धानकाे टाेलीले मंगलबार दुवैजनालाई शंखमुलबाट पक्राउ गरेकाे हाे । 

यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीपलाई पक्राउ गरिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस