तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरान अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सम्बन्धमा रहेका समस्या समाधान गर्न गम्भीर रहेको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ। नासेर कनानीले तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा इरानी आणविक साइटहरूमा ‘आईएईए निगरानी क्यामेराहरू पुनः स्थापना’ गर्ने बारे सोधिएका प्रश्नहरूको जवाफ दिँदै सो टिप्पणी गरेका हुन्।
स्थापना एजेन्सीसँग पहिले भएका सम्झौताको ढाँचा भित्रै रहेको भन्दै कनानीले इरानले मार्चको शुरुमा आईएईएका महानिर्देशक राफेल ग्रोसीको तेहरान भ्रमणको क्रममा सहमति भएको रोडम्यापमा अगाडि बढिरहेको बताएका हुन् । इरानले देशको शान्तिपूर्ण आणविक गतिविधिहरू विरुद्ध केही आधारहीन मिडिया दावीहरूलाई इन्कार गरेका छन् ।
आईएईएले बुधबार इरानी आणविक साइटहरूमा निगरानी क्यामेराहरू पुनः स्थापना गरिरहेको उल्लेख गरेको थियो । आईएईएका बोर्ड अफ गभर्नर्सले नोभेम्बरमा इरानलाई ‘तीन अघोषित’ इरानी साइटहरूमा फेला परेको ‘युरेनियम ट्रेसहरू’ बारे एजेन्सीका अन्वेषकहरूसँग सहकार्य गर्न आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो।
त्यसैगरी मार्चमा ग्रोसीको तेहरान भ्रमणका क्रममा दुई पक्षहरू इरानको सहयोग र आईएईएको निरीक्षणमा अझ बढी खुलापनमा आधारित थप अन्तरक्रिया अगाडि बढाउन सहमतिमा पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ बैशाख २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’
इरानको आणविक केन्द्रमा इजरायलले गर्यो आक्रमण
अमेरिका र इरानबीच तनाव बढ्ने संकेतपछि कच्चा तेलको मूल्य बढ्यो
द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी