झट्केलो छोरोप्रति रमेशजंग रायमाझीको स्पष्टीकरण : हराएका माननीयको खोजि गरेको हो

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, ११ : २८
झट्केलो छोरोप्रति रमेशजंग रायमाझीको स्पष्टीकरण : हराएका माननीयको खोजि गरेको हो

काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरु देशको माननीय हराएका कारण खोजि गरेको रुपमा लिन आग्रह गरेका छन ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो स्पष्टीकरण दिए। उनले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रुपमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गरे।

राष्ट्रिय सभा सदस्य रायमाझीले सांसद रायमाझीलाई प्रतिपक्षले आफ्नै छोरो बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस