रुसद्धारा युक्रेनमाथी सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १० : ५२
रुसद्धारा युक्रेनमाथी सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण

किभ। रुसले ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेपछि युक्रेनभर हवाई आक्रमणको साइरन बज्न थालेको छ ।राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्।दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

युक्रेनको रेड क्रसले आफ्नो गोदाममा आक्रमण भएको जनाएको छ । यो कीभमा आठ दिनमा भएको चौथो आक्रमण हो  ।रसियाले विजय दिवस मनाउनु २४ घण्टा अगाडी यो आक्रामण भएको हो । बिजय उत्सवको वार्षिक बिदामा रुसले दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको स्मरण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस