रमेशजंग रायमाझीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालेको माग

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, ११ : ४७
रमेशजंग रायमाझीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको सम्बन्धका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले आपत्ति जनाएका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई अध्यक्ष ओलीसँग जोडेर आइतबारको राष्ट्रिय सभा बैठकमा रमेशजंगले आपत्तिजनक टिप्पणी गरेका थिए ।आजको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । ‘…भन्ने शब्द हटाइयोस् ।’

एमालेले पार्टी गतरुपमै विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त अभिव्यक्ति पुनः सुन्ने र नियमावली अनुसार हटाउनुपर्ने सोही अनुसार निर्णय लिने आश्वास दिए ।

‘दोहोर्‍याएर सन्नेछु र नियमावली अनुसार हटाउन पर्ने रहेछ भने आवश्यक निर्णय गर्नेछु’ अध्यक्ष तिमिल्सनाले भनेका छन् । अध्यक्ष तिमिल्सनाको आश्वासनपछि सभाको कामकारबाही अगाडि बढेको छ ।

राष्ट्रिय सभाको बैठकमा सोमबार प्रि-बजेट छलफल गर्ने कार्यसूची छ । आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । आइतबारदेखि सोमबार, मंगलबार र बुधबारसम्म संसदमा प्रि-बजेट छलफल गर्ने तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस