राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, २१ : १९
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना कम्बोडियाको भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर  अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता  भएका हुन् । 

अध्यक्ष तिमिल्सिनालाई त्रिभुवन विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले स्वागत गरेका छन् ।अध्यक्ष तिमिल्सिनाले  एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड  बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस