राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ : महामन्त्री शर्मा

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १९ : ४६
राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्ने बताएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा राजनीतिक नेतृत्व मुछिएको विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ । तर कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो दल, मेरो नेता भक्न्न पाइन्नँ ।’

यो अमुक दल वा नेताको विषय नभएको भन्दै उनले सम्बन्धित निकायले छानबिन गर्ने बताए । यो बेला राजनीतिक दलहरुले निर्दोष नपरुन, दोषीलाई कानुनी कारबाही गर्नुपर्छ भनेर मात्र भन्नुपर्ने महामन्त्री शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस