प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १४ : ४०
प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत

काठमाडौँ । प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।

बिहीबार गृह सचिव विनोद प्रकाश सिंहले उनको राजीनामा स्वीकृत गरेका हुन् । राजीनामा स्वीकृत भएको पत्र प्राप्त भएको प्रहरी प्रवक्ता (डिआईजी) कुबेर कडायतले जानकारी दिए ।

बढुवा समितिले वैशाख १५ मा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिसमा छुटेका तिम्सिना मेरिट लिस्टको २० औं नम्बरमा थिए ।

प्रतिक्रिया दिनुहोस