प्रधानमन्त्री प्रचण्ड र ओलीबिच आजपनि भेटवार्ता हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, ११ : ३८
प्रधानमन्त्री प्रचण्ड र ओलीबिच आजपनि भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आजपनि भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीले बिहीबार पनि सिंहदरबार पुगेर भेटवार्ता गरेका थिए ।

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि अध्यक्ष ओलीले लगातार प्रधानमन्त्रीलाई भेट्ने भएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीसँग ओलीले भेटवार्ता गर्ने भएका हुन् ।

रायमाझी बिहीबार नै पक्राउ परेको केही समाचार माध्यमहरुले उल्लेख गरेको भएपनि त्यसको स्पष्ट तथ्य भने बाहिरिएको छैन । प्रहरीले पनि रायमाझीलाई नियन्त्रणको लागि खोजी भइरहेको सुनेपछि प्रधानमन्त्री भेट्न ओली सिंहदरबार पुगेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा ओलीले षड्यन्त्रपूर्वक पक्राउ गर्न खोजिको त हैन भन्दै चासो राखेका थिए । रायमाझी नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । हाल उनी सम्र्कविहीन छन् । उनका छोरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस