टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सफल खबर संवाददाता

विहीबार, २१ बैशाख २०८०, ०७ : ४९
टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

काठमाडौ । बुधबार बुटवलटबाट पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराइँदैछ ।  

नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीपलाई आजै अदालतमा पेश गर्न लागिएको हो ।

अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ । 

 नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन खोजेको प्रकरणमा पूर्वगृहसचिवसहित ८ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस