काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाथौं दिन आज बुधबार पनि घटेको छ । आज नेप्से ९.१८ अंकले घटेर एक हजार ८ सय ५७ दशमलब २३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९ प्रतिशतले बढेर प्रतिकित्ता ४६३.५० रुपैयाँ पुगेको हो । नेप्सेका अनुसार आज एनआइबीएल ग्राथ फण्ड र सनराइज ब्लुचिफ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १६ : ०६
लेखकबाट थप