इन्द्रजितका छाेरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, १२ : २५
इन्द्रजितका छाेरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

मंगलबार प्रहरीले इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले निरज फरार रहेको बताएको छ । निरज नेपालमा नभएको पनि प्रहरी स्रोतले जानकारी दिएको छ ।

निरजका बुबा इन्द्रजितलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संलग्न भएको आरोपमा मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस