सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो चालु अधिवेशन अन्त्य भएको छ । अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुनेछ । आइतबार १७ गते दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।
सो निर्णयलाई मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम दोस्रो कार्यकालको पहिलो चालु अधिवेशन अन्त्य भएको जनाइएको छ । चालु अधिवेशन अन्तर्गत हालसम्म १५ वटा बैठक बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)