अयोग्य लडाकुलाई दुई लाख राहत दिने सरकारको निर्णयप्रति सत्तापक्षकै विरोध

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १५ : १९
अयोग्य लडाकुलाई दुई लाख राहत दिने सरकारको निर्णयप्रति सत्तापक्षकै विरोध

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाएक हुन ।सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे।

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस