एमालेले बोलायो आकस्मिक पत्रकार सम्मेलन

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १३ : ०६
एमालेले बोलायो आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं।देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एमालेले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पत्रकार सम्मेलनमार्फत् मुलकको शान्ति सुरक्षा, अर्थतन्त्र लगायतबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस