गण्डकीमा दुई मन्त्री नियुक्त, कांग्रेसबाट सरस्वती, माओवादीबाट सुशीला

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १२ : ५०
गण्डकीमा दुई मन्त्री नियुक्त, कांग्रेसबाट सरस्वती, माओवादीबाट सुशीला

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् ।उनीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  पद तथा गोपनियताको शपथ गराएका हुन् ।सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस