गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १२ : ४६
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गरेका छन् । माओवादीबाट शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले मन्त्रीको शपथ लिएका छन् । उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।