निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गर्न दरखास्त आह्वान

पत्रपत्रिकाबाट

शुक्रबार, १५ बैशाख २०८०, ०७ : २१
निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गर्न दरखास्त आह्वान

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीका सन्तानलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । 

कक्षा १२ वा सो सरहको परीक्षामा कम्त्ीमा २.४ जीपीए वा ५० प्रतिशत भन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसहरुमा स्थातक तहमा भर्ना 
भएकाले आवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस